पल शाहकाे मुद्वाकाे सुनवाई सकियाे, सफाईको आशामा पल शाह
पोखरा, १४ फागुन । कलाकार पल शाहले जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालत पोखरामा सफाइ माग गर्दै दिएको रिट निवेदनको सुनुवाइ सकिएको छ ।
उच्च अदातल पोखरामा न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजालासमा भएको बहसको सुनवाई सकिएको हो ।
अदालतका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले आजै आदेश आउने सक्ने जानकारी दिए । अदालत परिसरमा सञ्चारकर्मीकाे भीड लागेकाे छ ।
कलाकार पल शाह सफाईको आदेश आउने प्रतिक्षामा रहेका छन् । उनलाई तनह्ँ जिल्ला अदालतले यसअघि सफाई दिइसकेको छ ।
उनी यस आदेशवाट सफाई पाए भने डेढ बर्ष पछि कारागार मुक्त हुनेछन, पाएनन भने थप डेढ बर्ष कारागारमा रहनु पर्ने छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस