बाटो नभएको ठाउँमा पुल बनाउने सचिवबिरुद्ध मुद्धा दायर


काठमाडाै, १४ १४ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रदेश सचिवसहित तीनजनाविरुद्ध मुद्दा दायर गरेको छ। 

 

गोरखामा बाटो नभएको ठाउँमा पुल बनाएर स्रोत दुरुपयोग गरेको आरोपमा प्रदेश सचिव ईश्वरचन्द्र मरहट्टासहित तीनका बिरुद्ध बिशेष अदालत काठमाडौंमा आरोप पत्र दर्ता गरिएको छ ।

 

अख्तियारका अनुसार गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्रालयका तत्कालीन सचिव मरहट्टा, प्रदेश सडक निर्देशनालयका तत्कालीन निमित्त निर्देशक रामकुमार श्रेष्ठ र पूर्वाधार विकास कार्यालय, गोरखाका सिनियर डिभिजनल इन्जिनियर ओमराज ढुङ्गानाविरुद्ध अन्तियारले बिशेष अदालत आरोपपत्र दायर गरेको हो ।

 

प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको बजेटबाट गोरखा नगरपालिका– ३ जरेवरस्थित दरौंदी नदीमाथि बाटो नभएको स्थानमा पुल राखेर उनीहरुले  राज्यको स्रोत दुरुपयोग गरेको आरोपपत्रमा उल्लेख छ 

तत्कालीन सचिव मरहट्टाविरुद्ध पाँच करोड ४५ लाख बढी बिगो तोकिएको छ ।

 

 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope