वडास्तरीय फुटबलमा नेर्पा च्याम्पियन


न्युज कारखाना 
खोटाङ, १४ फागुन 

खोटाङको सोल्मा स्पोर्टस् क्लवले आयोजना गरेको वडास्तरीय फुटबल प्रतियोगीतामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा च्याम्पियन बनेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित खेलमैदानमा आयोजना गरिएको प्रतियोगीतामा नेर्पाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीलाई ट्राइब्रेकरमा पछि पारेको हो । 

शनिबार भएको फाइनल खेलमा निर्धारित समयभित्र दुबैतर्फबाट गोल नभएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । प्रतियोगीतामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल र केपिलासगढी गाउँपालिका–४ बाक्सिला सेमीफाइनलिष्ट बनेका छन् । प्रतियोगीतामा प्रथम, दोश्रो र सेमीफाइनलिष्ट हुने टिमलाई क्रमशः नगद एक लाख ११ हजार १११, ६६ हजार ६६६ र ३३ हजार ३३३ रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।

विजेतालाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिसन राई लगायतले पुरस्कार हस्तान्तरण गरेका थिए । फुटबलको व्यवसायीक विकासमा टेवा पुर्‍याउने उद्धेश्यकासाथ वडास्तरिय फुटबल प्रतियोगीता आयोजना गरिएको सोल्मा स्पोर्टस् क्लवका अध्यक्ष ध्रुवबिक्रम राईले बताए । जिल्लाका विभिन्न स्थानीय तहका १८ टिम सहभागी प्रतियोगीता गत फागुन ६ गते प्रतिनिधिसभा सदस्य रामकुमार राईले उद्घाटन गरेका थिए । 

स्थानीयको अग्रसरतामा सोल्मामा निर्माण गरिएको खेलमैदानमा सोल्मा स्पोर्टस् क्लवले फुटबल प्रतियोगीता सञ्चालन गर्दैआएको छ । खेलमैदानको थप काम सुरु भएपछि केही वर्ष यता फुटबल प्रतियोगीता अवरुद्ध भएकोमा खेलमैदानको काम सकिएपछि पुःन फुटबल प्रतियोगीतालाई निरन्तरता दिइएको क्लवका अध्यक्ष राईले बताए । 

वडास्तरीय फुटबल प्रतियोगीता समापन अवसरमा सञ्चारकर्मी मनोज आचार्यलाई पाँच हजार ५५५ रुपैयाँ राशीको सोल्मा खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । सोही कार्यक्रममा रितोरियो कराते खेलाडी विद्याकला राई नगद एक लाखसहित सम्मानित भएकी छन् । खेलकुदको माध्यमबाट जिल्ला र परिवारको नाम फैलाएको भन्दै मावली विक्रम परिवारले विद्याकलालाई नगद सहित सम्मान गरेको हो । 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope