गीतकार सागर उदासका दुई कृति लोकार्पण


फागुन १६ तनहुँ दमौलीका सागर उदासका दुई कृति ‘सागर सुसेली’ र ‘फैलिन्छ कि माया’ सार्वजनिक भएका छन्।

 

राजधानीमा एक कार्यक्रममार्फत उनका दुई कृतिहरू एकसाथ विमोचन भएका हुन्। गीति सङ्ग्रह ‘सागर सुसेली’ मा १०९ वटा श्रृजना समेटिएका छन्।

४ वर्ष अगाडि कृतिबारे सम्पूर्ण तयारी भए पनि कोभिड र विविध कारणले ढिलाइ भएको गीतकार सागर उदासले विमोचन समारोहमा बताए। अर्को कृति ‘फैलिन्छ कि माया’ मा १२३ वटा श्रृजनाहरू छन्। कृतिमा मन-मुटु, माया-प्रेम, राष्ट्र- प्रेम र कोभिड्का पीडाहरू झल्किएका छन् । उनको दर्जनौं गीत रेकर्ड भइसकेका छन्।

 

गण्डकी वाङ्मयय प्रतिष्ठानका अध्यक्ष उदासले आफ्नो व्यवसायिक कर्मसँगै साहित्य, पर्यटन प्रवर्द्धनमा समेत पनि उत्तिकै क्रियाशिल छन्।  विसं २०५० मा रेकर्ड भएका उनका पहिलो गीत आइसिंह लामाको संगीतमा देवकुमार लामाले गाएका ‘हिँडेको छु छातिभरि व्यथाहरू बोकी, जिन्दगीको परिभाषा दुःख मात्रै हो कि’ हो। सागर उदासका पहिलो कृति ‘सागरका गीतहरू’ २०५२ सालमा प्रकाशित भएको थियो। उनले २०६० सालमा ‘आभार’ नामक पहिलो गीति एल्बम र २०७० मा दोस्रो एल्बम ‘रवी’ रेकर्ड गरेका थिए।

 

 विमोचन कार्यक्रममा वरिष्ठ साहित्यकार तथा गजलकार ललिजन रावल, वसन्त वित्यासी थापा अध्यक्ष गीतकार संघ नेपाल, बिबि अनुरागी वरिष्ठ संगीतकार, राजन राज शिवाकोटी गायक, तारा प्रसाद वस्ती सहित्यकार, कन्सेप्ट नेपालका संयोजक पवन शाक्य लगायतले सागर उदासको गीति संग्रहको चर्चा गरेका थिए।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope