गोलरक्षक सिल्भा मैदान बाहिरनु पर्दा चेल्सी माथी दबाब 


काठमाडौं, १६ फागुन । टोटनहमसँगको खेलका क्रममा घाइते भएका चेल्सीका रक्षक थियागो सिल्भा कम्तीमा पनि एक महिना भन्दा बढी मैदान बाहिर रहने भएका छन् ।

 

आइतबार इङ्लिस प्रिमियर लिग अन्तरगत टोनहमसँगको खेलमा घुँडाको चोटका कारण २० मिनेट मै मैदानबाट बाहिरिएका सिल्भाले एक महिना भन्दा बढी आरम गर्नुपर्ने भएको हो ।

 

‘आइतबार टोटनहमविरुद्ध पहिलो हाफमा घुँडाको चोटका कारण थियागोले सोमबार क्लबको प्रशिक्षणमा खुट्टाको जाँच र स्क्यान गराएका थिए,’ विज्ञप्तिमा भनिएको छ, ‘स्क्यानको नतिजाका आधारमा थियागोको लिगामेन्टमा समस्या  छ । सिल्भा निको नहुन्जेलसम्म मेडिकल टिमको निरिक्षणमा रहने छन् । आशा छ उनी चाँडै नै मैदानमा फर्किनेछन् ।’

 

सन् २०२० मा फ्रेन्च क्लब  पेरिसेन्ट जर्मन (पिएसजी) बाट चेल्सी पुगेका ब्राजिलियन सिल्भाले इङ्लिस क्लबबाट एक सय नौ खेल खेलेका छन् । खराब खेलिरहेको चेल्सी माथी गोलरक्षक सिल्भा पनि एक महिना बाहिर रहनु पर्दा थप दबाब बढेको सञ्चारमाध्यमले जनाएका छन् । 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope