अर्घाखाँची प्रिमियर लिग सदरमुकाम सन्धिखर्कमा सुरु


न्युज कारखाना

अर्घाखाँची, २३ फागुन

चौथो अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेट प्रतियोगिता आजबाट अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कमा सुरु भएको छ ।

अर्घाखाँची क्रिकेट संघको आयोजनामा सन्धिखर्क टुडिखेलमा शुरु भएको प्रतियोगिताको जिल्ला समन्वय समितिका अध्यक्ष जीवनारायण कोइराला र सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

प्रतियोगिताको पहिलो दिन आज एक खेल भएको छ । रोयल खाचिकोट र इलाभेन ब्रदर्श डिभर्नाको विचमा भएको पहिलो खेलमा रोयल खाचिकोटले इलाभेन ब्रदर्श डिभर्नालाइ १६ रनले पराजित गरेको छ  । खेलको म्यान अफ दि म्याच खाचिकोटका केशव गैरे बन्न सफल भए । उनले महवपूर्ण ३ विकेट लिएका थिए ।

स्थानीय खेलाडीहरूको प्रोत्साहन सहित दक्ष खेलाडीहरु उत्पादनको लागि आयोजना गरिएको प्रतियोगितामा चार टिम सहभागी छन् । प्रतियोगितामा प्रथम हुनेले नगद रु एक लाख प्राप्त गर्ने संघका जिल्ला अध्यक्ष ऋषिकेश भट्टराईले जानकारी दिएका छन् । 
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope