महिलालाई शिक्षा र आर्थिक रुपमा आत्मनिर्भर बनाउनुपर्छ : कमल थापा


काठमाडौं, २४ फागुन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले महिला सशक्तिकरणका लागि राप्रपा नेपाल प्रतिबद्ध रहेको बताएका छन् ।

११३ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपालले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले नारीहरुको क्षमता विकास गर्न शिक्षा र आर्थिक आत्मनिर्भरताको लागि राज्यले ठोस कार्यक्रम ल्याउनुपर्ने आवश्यकता रहेको बताउँदै नारी दिवसका दिन मात्र महिलाको हकहित सम्बन्धि कुरा गर्दैमा उपलब्धी नहुने बताए ।

राज्यका हरेक प्रतिनिधीमूलक क्षेत्रमा संविधानले नै महिलाहरुको प्रतिनिधीत्व सुनिश्चित गरेकोले त्यसलाई समुचित रुपमा कार्यान्वयन गरेर व्यवहारमा उतार्न सबैपक्ष जिम्मेवार हुनुपर्ने थापाले बताए । 

पार्टीमा महिलालाई नेतृत्वदायी प्रतिनिधीत्व गराउन आफूहरु गम्भिर रहेको बताउँदै अध्यक्ष थापाले अग्रपङ्तिका महिलालाई प्रशिक्षित गरेर नेतृत्व तहमा पु¥याउन राप्रपा नेपाल निरन्तर लागीरहेकोले वडा तहसम्म संगठन विस्तार गरी संगठन मजबुद पार्न राप्रमसं नेपालका पदाधिकारीहरुलाई निर्देशन दिएका थिए ।
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope