आज नेपाल पपुवा न्युगिनीसँग भिडदै


काठमाडौं, २५ फागुन । आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा आज नेपालले पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्दैछ ।

 

त्रिभुवन विश्वबिद्यालयको घरेलु मैदानमा नेपाली टोलीले आज पपुवा न्युगिन्हीसँग प्रतिस्पर्धा गर्न लागेको हो ।  नेपालसँग लगातार दुई खेल हारेर पीएनजी कीर्तिपुर क्रिकेट मैदानमा उत्रँदै छ। 

 

यसअघि फागुन १९ मा भएको खेलमा पपुवा गिन्हीलाई नेपालले हराएको थियो । पपुवा गिन्हीले दिएको सय ८० रनको टार्गेट पछयाउँदै नेपालले नेपालले ४८ ओभरमा ७ विकेटले जीत हासिल गरेको थियो । 

 

नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ अंकका साथ पाँचौं स्थानमा छ । नेपालले अव दुई खेल जिते ३६ अंक हुनेछ ।  दुई जित शीर्ष पाँचमा पर्दै सोझै ओडिआई मान्यता जोगाउन पर्याप्त हुनेछ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आज पुन: हुने खेलका लागि नेपाली खेलाडीको सुची सार्बजनिक गरिसकेको छ । सातौँ स्थानमा रहेको पीएनजीको ३२ खेलबाट ९ अंक छ।

 

बिहीबार देखि घरेलु मैदान टियुमा हुने सो खेलका लागि मौसम ढकाल र सन्दीप जोरालाई वैकल्पिक खेलाडीको सूचिमा राखेको क्यानले युएईसँगको अन्तिम खेल गुमाएका कुशल भुर्तेल टोलीलाई भने टिममा फर्काएको छ । तर, अन्य खेलाडी कुनै परिवर्तन गरेको छैन ।

 

नेपाली टोली:

रोहित पौडेल (कप्तान, कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दिप लामिछाने, करण केसी, प्रतिश जिसी, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, गुल्शन झा, भिम सार्की, ललित राजबंशी 

बेञ्चमा: सन्दिप जोरा, श्याम ढकाल, कमलसिंह ऐरी, अर्जुन साउद

नेपालले टियु मैदानमा मार्च १२ मा युएई, मार्च १३ मा पपुवा न्युगिनी र मार्च १६ मा युएईसँग खेल्ने कार्यतालिका छ ।

 

 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope