सवारीसाधन लिलाम नगर्दा नष्ट हुँदै


जनकपुरधाम, ९ चैत । विभिन्न मितिमा प्रहरीले बरामद गरे जनकपुर भन्सार कार्यालयलाई बुझाएको ७०० सवारीसाधनहरु लिलाम हुन नसक्दा नष्ट हुन थालेका छन् । 

 

प्रहरीले बरामद गरेर भन्सार कार्यालयलाई बुझाएको सवारीसाधनहरुमा मोटरसाइकल ६८०, तीन पांग्रे टेम्पु ८, र पिकअफ भ्यान १२ वटा गरी ७०० सवारीसाधनहरु लिलाम हुन नसकेको छैन । करोडौ मुल्य पर्ने सो सवारीसाधानहरु भन्सार परिसरमा यत्रयत्र राखिएकोले घामपानीका कारण नष्ट हुन थालेको छ । 

 

२०७८ पुस महिनामा लिलाम भएयता हालसम्म कुनै प्रकारको सवारीसधानहरु लिलाम हुन नसकेको भन्दै भन्सार प्रमुख केशवराज ओलीले लिलामी प्रक्रिया झन्झटिलो भए पनि निकट भविष्यमै सो सवाधानहरु लिलाम गर्न सूचना निकालिने बताए । 

ति सवारीसधानहरु चोरीपैठारीमा प्रयोग हुँदै आएको र प्रहरीले विभिन्न मितिमा बरामद गरि भन्सार कार्यालयलाई बुझाएको हो ।
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope