सिराहामा एसईईको तयारी पूरा, १० हजार बढी विद्यार्थी सहभागी हुँदै

मुकेश कुमार यादव / सिरहा, १५ चैत। सिराहामा विद्यालय शिक्षाको फलामे ढोकाको रुपमा लिइने एसईई परीक्षाको तयारी पुरा भएको छ ।
यही चैत १७ गतेबाट हुने एसईई परिक्षामा सिरहाबाट १० हजार ६ सय ५० विद्यार्थी सहभागी हुने भएका छन्।
एसईई परीक्षामा जिल्लाका ८५ सामुदायिक र ८६ संस्थागत विद्यालय गरी एक सय ७१ विद्यालयबाट चार हजार ६ सय ९२ छात्रा र पाँच हजार चार सय ५८ छात्र सहित १० हजार ६ सय ५० विद्यार्थी सहभागी हुन लागेको हो। जसमध्ये प्राविधिकतर्फका केन्द्रबाट तीन सय ४९ जना विद्यार्थी १० परीक्षा केन्द्रबाट परीक्षामा सहभागी हुने भएका छन्।
परीक्षा केन्द्रसम्म विद्यार्थीको सहज पहुँचको लागि यो वर्ष ४० वटा परीक्षा केन्द्रहरु तय गरेको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई सिरहाका प्रमुख रामवृक्ष महतोले बताए। उनले भने, ‘एसईई परिक्षाको समपुर्ण तयारी पुरा भैईसकेको छ,।' समन्वय इकाईले सवै विषयहरुको विश्लेषण पछि विद्यालयहरुलाई पायक पर्नेगरी परीक्षा केन्द्रहरु निर्धारण गरिएको समन्वय इकाई प्रमुख महतोले बताए।
परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन जिल्ला परीक्षा समन्वय समितिमार्फत् सबै तयारीहरु आवश्यकता अनुसार भईसकेको इकाई प्रमुख महतोले जनाए । उनका अनुसार ताेकिएका परीक्षा केन्द्रहरुमा उत्तर पुस्तिका पुगिसकेको छ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस