युनाइटेड एफए कपको फाइनलमा, उपाधिका लागि सिटीसँग भिडने


काठमाडौं, ११ बैशाख । म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा प्रवेश गरेको छ ।

 

ब्राइटलाइ टाइब्रेकरमा ७–६ ले पराजित गर्दै म्यानचेस्टर फाइनलको यात्रा सुनिश्चित गरेको हो । 

आइतबार राति वेम्वली स्टेडियम लन्डनमा निर्धारित तथा थप गरिएको समयमा पनि गोलरहित बराबरी भए पछि खेल टाइब्रेकरमा पुगेको थियो ।  

टाइब्रेकरमा युनाइटेडका सबै खेलाडीहरुले गोल गरेर बिजेता बने पछि अब म्यान्चेस्टर युनाईटेड फाइनलमा म्यानचेस्टर सिटीसँगको खेल्नेछ ।

 

युनाइटेडका खेलाडीहरु ण्मार्सेल सवित्जर, वोउट वेगह्रस्ट क्यासमिरो, मार्कस रासफर्ड, डिएगो डालोट, जेडान सान्चो,र भिक्टर नेल्सन लिन्डेलफले हानेको बल ब्राइटनका गोल किप्परले सामान गर्न सकेनन । र, अन्ततः युनाइटेडको सबै गोल हुन पुग्यो । 

 

उता, ब्राइटनका खेलाडीहरु पेर्भिस इस्टुपिनान, लेविस डन्क, एलेक्सिस म्याक एलिस्टर, डेनिज अन्डभ, एडम वेवस्टेर र पास्कल ग्रसले गोल गर्न सफल भए पनि सोली मार्च चुक्दा खेल म्यान्चेस्टर युनाईटेडको पक्षमा पुग्यो ।

म्यानचेस्टर डर्वीमा ३ जुनमा हुने फाइनलमा युनाइटेडले  म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ ।
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope