ब्राइटनसँग म्यानचेस्टर युनाइटेड स्तब्ध 


काठमाडौं, २२ बैशाख । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले ब्राइटन होव अल्वियोनसँग पराजित हुन पुगेको छत ।

युनाइटेड घरेलु टोली ब्राइटनसँग १–० ले पराजित भएको हो । ब्राइटनले इन्जयुरी समयमा गरेको पेनाल्टी गोलका कारण म्यानचेस्टर पराजित हुन पुगेको हो । 
 

कम्युनिटी स्टेडियम फाल्मेरमा बिहीबार राति भएको खेलमा घरेलु टोली ब्राइटनले पाहुना टोलीमाथि सुरु देखी दवाव राखे पनि पहिलो र दोस्रो हाफको अन्तिमसम्म कुनै गोल गर्न सकेन ।

 

तर, इन्जयुरी समयमा पेनाल्टी बक्समा लुका साले ह्यान्ड गर्न पुगे पछि रेफ्रीले ब्राइटनलाई पेनाल्टी दिएका थिए । अन्तिम समयमा आएको सो मौकामा अर्जेन्टिनी मिडफिल्डर एलेक्सिस म्या एलिस्टरएले निर्णायक गोल गरे र ब्राइटन बिजयी हुन सफल भयो ।

 

यस जितसँगै ब्राइटन ३२ खेलबाट ५५ अंक जोडेर छैटौं स्थानमा छ भने एक खेल बढी खेलेको पराजित युनाइटेड ३३ खेलबाट ६३ अंक जोडेर चौथो स्थानमा छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope