महोत्तरीमा शिक्षिका नै घरेलु हिंसाको सिकार


विशाल बस्नेत/ न्युज कारखाना

२३ बैसाख, महोत्तरी 

महोत्तरीमा सिक्षिका नै घरेलु हिंसाको सिकार बनेकी छन ।

 

बर्दिबास-३ बस्ने सीता माझी आफ्नै श्रीमान चन्द्रे माझी र कान्छी श्रीमती अनिता भुजेलवाट घरेलु हिंसाको सिकार बनेकी हुन ।

बर्दिबास कै भब्सी आधारभुत विद्यालयमा अध्यापन गराउने  सिक्षिका  माझीलाइ १९ बैसाखको राति निर्ममतापुर्वक कुटपिट गरि सख्त घाइते बनाइएको छ भने यसअघि पनि निक्कै प्रताडित बन्दै आएको पिडितले वताएकी छन । श्रीमान चन्द्रे माझी र कान्छी श्रीमती अनिता भुजेलले ज्यानै लिने उदेश्यले घरेलु हतियार समेत प्रयोग गरिएको भेटिएको छ ।

 

स्थानिय प्रत्यक्षदर्शीका अनुसार लाइन अफ गरेर अध्याँराेमा विभिन्न घरेलु हतियार प्रयोग गर्दै उनिहरुले आक्रमण गरेका थिए । पटक पटक यस्ता घटना दोहोर्‍याइ रहे तापनी समाजले सहजीकरण गर्दै आएको थियो । 

 

राहत कोटामा आफै कमाउदै स्वालम्बन बनेकी माझी किन हिंसाको सिकार वनिन भन्ने बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । पिडित माझीले श्रीमानविरुद्ध  वहुविवाह र ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गर्ने तयारी गरेकी छन । पिडक भनिएका चन्द्रे माझीलाइ भने प्रहरीलाइ पक्राउ गरेको छ । माझीलाइ पक्राउ गरि हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय गौरिडाडाका प्रमुख विजय यादवले वताए ।

 

पिडितले अहिलेसम्म जाहेरी ल्याइ नसकेको पनि प्रहरीले जनाएको छ । जाहेरी ल्याए पछी मुद्दा प्रक्रिया अगाडि बढाइने प्रमुख यादवले जानकारी दिए ।

यता शिक्षिका नै घरेलु हिंसाको सिकार भएको भन्दै एक प्रेस बिज्ञप्ति निकालेर सिक्षक संगठनहरुले ध्यानाकर्षण भएकाे जनाएका छन् । साघंतिक आक्रमणसहित ज्यान नै लिने कुकृत्य गर्ने दोषीलाइ कडा कारवाहीको माग गर्दै एकीकृत अखिल नेपाल सिक्षक संगठन बर्दिबासले घटनाप्रती आपत्ती जनाएको छ ।

 

नगर कमिटीका संयोजक सुर्यनारायण दास र सचिव टंक प्रसाद पोखरेलले दोषीलाइ कारवाहीको दायरामा नल्याए आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएका छन ।

 

 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope