हलिउडका लेखककाे हड्तालका कारण जेनिफरको सिरिज बन्द


लसएन्जल्स, २० जेठ । राइटर गिल्ड अफ अमेरिकाका सदस्यहरुले गरेको हड्ताल एक महिना पुरा भएको छ ।

 

हालसम्म केही खास निश्कर्ष निस्किएको छैन । जसकारण लगातार शोहरुको सुटिङ बन्द भइरहेको छ ।

 

हालसम्म लेखकहरुको हड्तालका कारण ‘डेयर डेबिल बर्न अगेन’, ‘एबट एलिमेन्ट्री’, ‘स्ट्रेन्जर थिंग्स’, ‘सेटरडे नाइट लाइव’ जस्ता कैयौं शोको सुटिङ बन्द भइसकेको छ । हड्तालका कारण पहिला केही शोको सुटिङ प्रभावित भएको थिएन, किनकी उनीहरुले शोको सुटिङका लागि अनुमति लिएका थिए ।

 

शो निर्माताहरुसँग २ मे २०२३ अघि लेखिएको स्क्रिप्ट थियो । तर अहिले सबै शोको सुटिङ बन्द भएको छ, जसमा जेनिफर लोपेजको सिरिज ‘अनस्टपेबल’ पनि छ ।

 

राइटर गिल्ड अफ अमेरिकाका सदस्यहरु र एशोसिएसन अफ मोसन पिक्चर एण्ड टेलिभिजन प्रोड्युसरका सदस्यहरुबीच यो विषयमा कैयौं वार्ता भए पनि हालसम्म ठोस नतिजा निस्किएको छैन । यही बीच वार्नर बद्रर्स टेलिभिजन, युनिभर्सल स्टुडियो ग्रुप, डिज्नी टेलिभिजन स्टुडियोले आफ्नो लेखकहरुलाई इमेल गर्दै स्टुडियोलाई सहयोग नगरे निलम्बन गर्ने चेतावनीयुक्त पत्र पठाएको थियो ।

 

तर यो पत्रले पनि लेखकहरुलाई कुनै असर परेन । उनीहरु आफ्नो मागमा अडिग नै छन् । हरुले फिल्म र टेलिभिजनसँगै ओटीटी प्लेटफर्ममा प्रसारण हुने शोका लागि अधिकतम पैसा दिनुपर्ने माग गरेका छन् ।

 

उनीहरुले ओटीटी प्लेटफर्ममा आफूहरुले जति दबाबपूर्ण काम गरे पनि त्यसको पारिश्रमिक नपाएको आरोप छ । उनीहरुले ओटीटीमा प्रसारण हुने मुनाफाको शेयर दिनुपर्ने माग राखेका छन् । हलिउडका लेखकले २ मे २०२३ बाट प्रभावकारी रुपमा हड्तालको घोषणा गरेका थिए । हड्तालको चार साता बित्दा पनि कुनै समाधानको उपाय निकालिएको छैन ।

 

जसकारण लसएन्जल्समा निर्माण भइरहेका सबै शोको सुटिङ बन्द गरिएका छन् । लेखकहरुले सन् २००७ मा पनि तीन महिनासम्म हड्ताल गरेका थिए । त्यो समयमा लसएन्जल्सको मनोरञ्जन अर्थव्यवस्थामा करिब दुई बिलियन डर नोक्सान भएको थियो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope