जनप्रतिनिधि नै घरेलु हिंसामा सग्लन


विशाल बस्नेत/न्युज कारखाना

महोत्तरी, २१ जेठ

घरेलु  हिंसा अन्त्यको लागि सार्वजनिक कार्यक्रममा बोलिरहने जनप्रतिनिधि नै  हिंसाको पीडक बने भन्दा सवैलाई अचम्म लाग्न सक्छ । तर, महोत्तरीको भंगाहा नगरपालिकाका एक जना जनप्रतिनिधि यस्तै अपत्यारिलो  घटनाको प्रमाण आफैँ बनेका छन् ।

आफ्नै श्रीमती र छोरीले वडा नम्बर ४ का वडा अध्यक्ष गणेशप्रसाद महतोले दिने गरेको पीडा सार्वजनिक गरेपछि यस्तो खुलासा भएको हो ।

१८ वर्षीय छोरी अल्पना कुमारी महतोले आमा ललिता देवीलाई दिएको दु:खको विषयमा बुवालाई सम्झाउँदा उल्टै कुटपिट गर्ने गरेको बताएकी छन् ।

`बुवाको मोबाइलमा अस्वभाविक हर्कतको विषयमा थाहा पाएपछी सोधे, बुवाले उल्टै कुटपिट गर्नुभयो,' छोरी अल्पनाले भनिन्, 'घरमा खाना खान कम आउने, मम्मीको कोठामा नसुत्ने, काली भइस भन्ने गर्नुहुन्थ्यो ।´

टिकटकमा परस्त्रीसगँ नाच्ने र बुवाको हर्कत संकास्पद देखिएपछि मम्मी र परिवारका अन्य सदस्यलाई समेत भनेको उनले बताइन‍् ।

गत हप्ता ललिता देविलाई अध्यक्ष महतोले कुटपिट  गरेपछि अहिले उनी माइतमा नै बस्दै आएकी भाइ श्यामसुन्दर महतोले बताए ।

अध्यक्ष महतोको अस्वभाविक हर्कतको विषयमा छोरी अल्पनाले टिकटिकमा समेत सहायता मागेकी छन् ।  आमाका पक्षमा बोल्दा आफूले पनि कुटाइ खानु परेको उनले सुनाइन् ।

अध्यक्ष महतोको घरेलु हिंसाको घटना यो नै पहिलो भने होइन । २०६४ सालमा पनि श्रीमती ललितालाइ निर्घात कुटपिट गरेपछी प्रहरी कार्यालयबाट कागज गरेर मिलापत्र भएको  पाइएको छ ।

कागजमा श्रीमती र परिवारका सदस्यलाई कुनै दु:ख नदिने प्रतिबद्धता जनाएता पनि पुन: घटना दोहोर्‍याएको स्थानीय बताउँछन् ।

उता महतो भने छोरी र श्रीमतीले आरोप लगाएको जस्तो नभएको दाबी गर्छन् । परिवारका लागि आफ्नो दायीत्व निर्वाह गरिरहेको उनले बताए ।

 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope