परवीन बबीको बायोपिकमा उर्वशी
मुम्बई, २१ जेठ । बलिउड अभिनेत्री उर्वशी रौतेला दिग्गज अभिनेत्री परवीन बबीको बायोपिकमा प्रमुख भूमिकामा देखिने भएकी छन् । उनले सामाजिक सञ्जालमार्फत खुशी व्यक्त गर्दै उनको चरित्रमा अभिनय गर्न पाउनु आफ्ना लागि गौरवको कुरा भएको बताएकी छन् ।
हालैमात्र फ्रान्समा भएको ‘कान्स फिल्म फेस्टिभल २०२३’मा उर्मिला पुगेकी थिइन् । त्यहाँ उनी परवीनको बायोपिकका लागि फोटोकल सार्वजनिक हुने कार्यक्रमको हिस्सा हुन पुगेकी थिइन् ।
फिल्म वसीम एस कानले बनाउन लागेका हुन् । फिल्मको नाम फाइनल भइसकेको छैन । फिल्मको स्टोरीलाइन धीरज मिश्राले लेखेका छन् । जसमा बोल्ड अक्षरमा परवीन बबीको नाम लेखिएको छ । जसमा दुई अनुच्छेद छन्, जसमा फिल्मले अभिनेत्रीको फिल्मी करियरसँगै उनको निजी जीवनको बारेमा बताउने उल्लेख गरिएको छ ।
‘बलिउड असफल रह्यो, तर म तपाईंलाई गर्व महशुस गराउनेछु परवीन बबी । ऊँ नम शिवाय, साँच्चै नै नयाँ यात्रा जादुमय हुनेछ,’ उनले लेखेकी छन् ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस