ब्रेकअपपछि पूर्व प्रेमीसँग रोमान्स गर्दै सारा


मुम्बई, २१ जेठ । अभिनेत्री सारा अली खान हालका दिनमा आफ्नो रिलिज फिल्म ‘जरा हटके जरा बचके’बाट प्राप्त प्रतिक्रियामा रमाइरहेकी छन् । उनी चाँडै फिल्म ‘स्काई फोर्स’मा देखिँदैछिन् ।

 

यो फिल्ममा उनले पूर्व प्रेमी वीर पहाडियासँग रोमान्स गर्नेछिन् । दिनेश विजान र जियो स्टुडियो प्रोडक्सनको यो फिल्ममा पहाडियाको डेब्यू अभिनय रहनेछ ।

 

सन्दीप केवलानीको निर्देशनमा बनिरहेको फिल्ममा यसै महिनाबाट सुटिङ सुरु भएको थियो । अक्षय कुमारको समेत अभिनय रहेको फिल्मको तीन महिनामा विभिन्न स्थानमा सुटिङ हुनेछ । हाल फिल्मको सुटिङ लण्डनमा भइरहेको छ ।

 

केही समयअघि ‘कफि विथ करण’मा सारा र जान्हवीले दुई भाईसँग डेटिङ गरिरहेको कुरा खुलासा गरेका थिए । ती दुई भाई वीर र शिखर पहाडिया थिए । जान्हवी अहिले पनि शिखरसँग डेटमा छिन् । साराले भने केही समयअघि वीरसँग ब्रेकअप गरेकी थिइन् ।

 

फिल्म आगामी वर्ष रिलिज हुनेछ । वीर प्रख्यात व्यवसायी सञ्जय पहाडियाका छोरा हुन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope