भारतीय मूलकी निलमसँगकाे डेटमा टाइटनिक हिराे


लसएन्जल्स, २१ जेठ । ‘टाइटानिक’ फेम्ड हलिउड अभिनेता लियोनार्दो डिकेप्रियो हालका दिनमा आफ्नो व्यक्तिगत जीवनलाई लिएर चर्चामा छन् ।

भारतीय मूलकी मोडल निलम गिलसँग लण्डनको एक रेष्टुरेन्टमा उनी भेटिएपछि उनी र निलमबीचको अफेयरले चर्चा  सुरू भएकाे छ । डिकेप्रियो उमेरले ४८ वर्ष र निलम २८ वर्षकी छिन् । दुवै परिवारका केही सदस्यबीचको त्यो भेटघाटलाई धेरै डिनर डेटको संज्ञा दिएका छन् ।

 

निलको जन्म सन् १९९५, अप्रिल २७ मा इंग्ल्याण्डको कोवेन्ट्रीमा भएको थियो । उनको हजुरबुवा हजुरआमा भारतमा जन्मिएका थिए । उनी पन्जाबको सिख परिवारकी हुन् । आफूलाई ब्रिटिस–पन्जाबी मोडल बताउने उनले १४ वर्षको उमेरदेखि मोडलिङ सुरु गरेकी हुन् । उनले आफ्नो युट्युब च्यानल पनि छ । जहाँ बुलिङ, डिप्रेसन र बडी कन्फिडेन्स सम्बन्धी विषयमा कुराकानी राख्छिन् ।

 

निलम पछिल्लो महिना फ्रान्सको कान्स फिल्म फेस्टिभलमा देखिएकी थिइन् । यो फेस्टिभलमा अभिनेता डिकाप्रियो आफ्नो फिल्म ‘किलर्स अफ द फ्लवार मून’को स्क्रिनिङमा पुगेका थिए । निलम अघि लियोनार्दोको नाम कैयौ अभिनेत्रीसँग जोडिएको छ । उनले केमिला मोरोनसँग डेट गरिसकेका छन् । दुवैले ४ वर्षसम्म डेट गरेपछि गत वर्ष ब्रेकअप गरेका थिए । यसपछि उनको नाम सुपरमोडल गिगी हदीदसँग पनि जोडिएको थियो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope