ट्रान्सजेन्डर बन्न ६ महिना लागेकाे थियाे नवाजुद्दीनलाई


मुम्बई, २७ जेठ । अभिनेता नवाजुद्दीन सिद्दीकीको फिल्म ‘जोगिरा सारा रा रा रा’ हालै रिलिज भएको थियो ।

 

नेहा शर्माको समेत अभिनय रहेको फिल्मले बक्सअफिसमा कमाल देखाउन सकेन । यतिबेला नवाजुद्दीन अर्को फिल्म ‘हड्डी’लाई लिएर चर्चामा छन् ।

 

फिल्ममा उनले ट्रान्सजेन्डरको भूमिका निर्वाह गरेका छन् । फिल्मकी निर्मात्री राधिका नन्दाका अनुसार नवाजुद्दीनको यो लुक्स तयार पार्न ६ महिना समय लागेको थियो । ‘यो समय नवाजुद्दीनका लागि निकै गाह्रो थियो, किनकी सारी लगाउनमा उनलाई ३० मिनेट र पुरा लुक्स तयार पार्न ३ घण्टा लाग्थ्यो’, उनले भनेकी छन् ।

 

नवाजुद्दीनले फिल्मका लागि करिब ८० सारीको प्रयोग गरेका थिए । ‘नवाजुद्दीनले पहिलोपटक आफूलाई ट्रान्सजेन्डर लुक्समा देख्दा निकै खुशी भएका थिए । किनकी उनले आफूलाई अहिलेसम्म यस्तो लुक्समा देखेका थिएनन् । उनले आफूलाई चरित्रको नजिक महशुस गरेका थिए’,उनले भनेकी छन् ।

 

राधिकाले नवाजुद्दीनको लुक्स बनाउने प्रोस्थेटिक्सको पनि प्रयोग गरिएको खुलाइन् । फिल्म जूनको अन्त्यमा रिलिज हुनेछ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope