थलपति विजय टाइम्स स्क्वायरमा देखिने पहिलो तमिल अभिनेता


मुम्बई, ६ असार । थलपति विजय साउथ फिल्मका सुपरस्टार हुन् । पछिल्ला केही वर्षमा उनको लोकप्रिय निकै बढेको छ ।

 

उनका फ्यान फलोइङ भारतमा मात्र होइन, विदेशमा पनि उत्तिकै छन् । विजय आगामी जुन २२ मा जन्मदिन मनाउँदैछन् । यसपटक उनलाई फ्यानले विशेष उपहार दिँदैछन् । विजय हालका दिनमा नयाँ फिल्म ‘लियो’को सुटिङमा व्यस्त छन् । अमेरिकामा रहेका उनका फ्यानले हालैमात्र न्यूयोर्कको टाइम्स स्क्वायर बिलबोर्डमा विजयको एक भिडियो प्रदर्शन गरिएको थियो । जुन भिडियोमा उनका कैयौं तस्वीर देखाइएका थिए । भिडियोका अन्त्यमा उनका फ्यानले उनलाई शुभकामना दिएको देखाइएको थियो ।

 

टाइम्स स्क्वायर बिलबोर्डमा देखिने अवसर पाएका विजय पहिलो तमिल अभिनेता हुन् । विजय अभिनित फिल्म ‘लियो’मा लोकेश कनागराजको निर्देशन छ । यो फिल्म अक्टोबर १९ मा रिलिज हुँदैछ । फिल्ममा उनको अपोजिटमा तृषा देखिँदैछिन् भने सञ्जय दत्त भिलेन चरित्रमा छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope