सिन्धुलीमा माइक्रो दुर्घटना, तीन जना घाइते


सिन्धुली, १९ असार । सिन्धुलीमा माइक्रो दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । धनुषाबाट काठमाडौंका लागि हिँडेको ना१ज ८८८७ नम्बरको माइक्रोबस सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ खोज चोकमा मंगलबार दिउँसो दुर्घटना हुँदा तीन जना घाइते भएका हुन् ।

दुर्घटनामा गणेशनाथ चारनाथ नगरपालिका-५ धनुषाका ३८ वर्षीया सितादेवी साफी, सोही ठाउँका वर्ष ३५ वर्षीय हरिदेव साफी र २१ वर्षीय शिव कुमार साफी घाइते भएको प्रहरीले जनाएको छ ।

 

घाइतेमध्ये सितादेवीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ । घाइतेको खुर्कोटस्थित शुभजीवन अस्पतालमा उपचार भइरहेको छ ।

 

माइक्रोमा १२ जना सवार रहेकोमा अन्यको अवस्था सामान्य रहेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope