लमजुङमा एक वर्षमा २९१ घरेलु उद्योग दर्ता


लमजुङ, १४ साउन । जिल्लामा आर्थिक वर्ष २०७९/८० मा २९१ घरेलु उद्योग दर्ता भएका छन् । एक वर्षको अवधिमा पर्यटन तथा साना उद्योग कार्यालय लमजुङमा २९१ नयाँ उद्योग दर्ता भएका हुन् । यस अवधिमा ३९८ घरेलु उद्योगको नवीकरण भएको कार्यालय प्रमुख मीताकुमारी थापाले बताइन् । उनका अनुसार सोही अवधिमा वाणिज्यतर्फ २०८ नयाँ दर्ता भएका छन् भने ५१८ को नवीकरण भएको छ ।

 

आव २०७८/७९ मा ६८५ घरेलु उद्योग दर्ता भएका थिए । कार्यालय प्रमुख थापाका अनुसार सो अवधिमा दुई सय ८२ घरेलु उद्योगको नवीकरण भएका थिए । वाणिज्यतर्फ चार सय आठ नयाँ दर्ता भएका थिए भने ३७१ नवीकरण भएका उक्त कार्यालयले जनाएको छ ।

 

कार्यालयका अनुसार आव २०७७/७८ मा ९७०, आव २०७६/७७ मा ६६९, आव २०७५/७६ मा चार सय ६८ आव र २०७४/७५ मा २६७ नयाँ उद्योग दर्ता भएका कार्यालयले जनाएको छ । बेँसीसहर बजार, सुन्दरबजार, भोटेओडार, सोती पसल भोर्लेटारलगायत स्थानमा उद्योग/व्यवसाय तथा पसल गर्नेको सङ्ख्या बढिरहेकाले नयाँ उद्योग दर्ता पनि बढेको कार्यालय प्रमुख थापाले बताइन् ।

 

उनका अनुसार दर्ता भएकामध्ये अधिकांश कृषि फर्म, सिलाइकटाइ, अलैँची, ब्युटिपार्लर, कृषि औजार, मौरीपालन, बङ्गुर फर्म, दालमोठ उद्योग, पर्यटन उद्योगलगायत छन् । जिल्लामा हालसम्म ५ हजार ६६२ घरेलु उद्योग दर्ता भएको छ भने५ हजार ३४५ वाणिज्य दर्ता भएको उक्त कार्यालयले जनाएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope