गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


काठमाडौं, १ असोज । बारामा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। 

सोमबार साँझ पौने ६ बजे जितपुर सिमरा उपमहानगरपालिका-१६ बाराकिलोस्थित पूर्व-पश्चिम लोकमार्गमा पिकअप गाडीले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ। 

निजगढबाट पथलैया जाँदै गरेको प्र.न.३-०३-००१ प ००३९ नंको मोटरसाइकललाई वीरगंजबाट विराटनगर जाँदै गरेको प्र.न.-३-०१०-२२ च ३१९७ नंको पिकअप गाडीले ठक्कर दिएको हो। 

दुर्घटनाबाट मकवानपुर हेटौंडा उपमहानगरपालिका-११ बस्ने २४ वर्षीय निशान श्रेष्ठको मृत्यु भएको हो। 

उक्त मोटरसाइकलमा सवार २१ वर्षीय मिलन बरुवालको बाँया हात र ढाडमा चोट लागेको छ। उनको उपचार भइरहेको छ। 

 पिकअप गाडी चालक काभ्रे नमोबुद्ध नगरपालिका-२ बस्ने २३ वर्षीय सुरेश भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope