कर्णाली नदीमा सडेको अवस्थामा महिलाको शव फेला
हुम्ला, ४ मंसिर । हुम्ला सदरमुकाम सिमकोटदेखि करिब ४० किलोमिटरको दूरिमा रहेको राया नजिकै कर्णाली नदीमा एक महिलाको शव फेला परेको छ।
सोमबार बिहान खार्पुनाथ गाउँपालिका–३ को बोक्चेगौडा नजिकै कर्णाली नदीको किनारमा सडेको अवस्थामा एक महिलाको शव फेला परेको हो।
माछा मार्न गएका स्थानीयले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेको हुम्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले बताए।
प्रहरीले करिब एक महिना अघिदेखि हराइरहेकी महिलाका बुवालाई शवको सनाखतका लागि आग्रह गरेको थियो। असोज १३ गते बुवाआमाको नाममा पत्र लेखेर सदरमुकाम सिमकोटबाट बेपत्ता भएकी खार्पुनाथ–२ थाली गाउँकी १६ वर्षीया सुजाता रावल बेपत्ता भएकी थिइन्। उनको खोजी गरिरहेको प्रहरीले कुनै पत्ता लगाउन सकेको थिएन।
युवतीको शव फेला परेसँगै बुवा देबराज रावललाई बोलाउँदा उनले प्रहरीलाई शव छोरीको भएको दाबी गरेका छन्। शव सडेर नचिनिने भएकाले डीएनए परीक्षण गरेर मात्रै शवको पुष्टि हुने प्रहरीले जनाएको छ।
नाम्खा गाउँपालिका–४ याल्वाङ्गमा रहेको महाबौद्ध माध्यमिक विद्यालयमा कक्षा दशमा अध्ययन गर्दै आएकी सुजतालाई होस्टेलले निष्कासन गरेपछि बेपत्ता भएकी थिइन्।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस