कुमारको प्रियसीमा बिना र निक्सको रोमान्स


काठमाडौं, १० पुस । गीतकार कुमार शिवाकोटीको चर्चित गीत  ‘प्रियसी’ को सफलतासँगै सिउॅंडीको काँडैमा रिलिज गरिएको छ । गायक रमेश कँडेलको स्वर रहेको सिउॅंडीको कांडैमा कल्याण सिंहको संगीत रहेको छ भने मोहीत मुनालको एरेन्ज रहेको छ ।

 

छमछम नचाउने डान्सिङ  शैलीको सिउॅंडीको काँडैमा सुन्दरी मोडल बिना राउतसँग ह्याण्डसम निक्स शर्मा गज्जबसँग खुलेका छन् ।  एक रोमान्टिक प्रेम कहानी र आफ्नी मायालुको प्रेमीले खुलेर  प्रशंसा गरिएको सिउॅंडीको काँडैमा निर्देशक प्रहील कार्कीले बिना र निक्सलाई छमछम नचाएका छन् । 

 

प्रेम, रोमान्सले भरिएको  सिउॅंडीको काँडैमाको निर्माताका रुपमा यशना लुईंटेल, प्रिन्सा शर्मा र प्रनिका शिवाकोटी रहेका छन् । यसअघि प्रेम र विरहका गीतहरु बजारमा ल्याएका गीतकार कुमार शिवाकोटीले फरक शैलीको छमछम नचाउने गीतको भिडियोबाट आँफुले निकै नै आशा राखेको बताए  । 

 

अमेरिकामा रहेका गीतकार शिवाकोटीले यसअघि ‘भिझाएर आँशु’, ‘पिरतीको खेल’, ‘प्रियसी’ बजारमा ल्याइसकेका छन्  । उनको  हामी नेपाली बोलको गीत रिलिजको क्रममा  रहेको छ । गीत लेखनमा लामो समयदेखि आफ्नो सक्रियता बढाइरहेका गीतकार शिवाकोटीले अहिलेसम्म २ दर्जन बढी गीतहरू आफ्नै शब्दमा रेकर्ड गराइसकेका छन् । सार्वजनिक गीतको भिडियो  जन्मभूमि इन्टरटेनमेन्ट मार्फत् बजारमा आएको हो 

भिडियाे लिंक : https://youtu.be/yT_cb0d6uS0


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope