सलमान खानको पहिलो प्रेमिका, जसका बारेमा कमैलाई थाहा छ, जान्नुहोस्


मुम्बई, ११ पुस । सलमान खान आफ्ना फिल्मका लागि जति हिट भएका छन्, उनी आफ्नो प्रेम सम्बन्धका कारण पनि उत्तिकै चर्चित छन् । 

 

सलमान खानको जीवनमा धेरै प्रेमिका आए र गए । कतिपयको त यो कुरा बिहेसम्म पनि पुगेको बताइएको छ । विवाहको कार्ड पनि छापिएको थियो तर सलमान खानको विवाह महोत्सबको आयोजना हुन सकेन । संगीता बिजलानी, सोमी अली, ऐश्वर्या र्राय जस्ता नामहरू सबैलाई थाहा छ।

 

आज उनको ५८ औं जन्मदिन हो । यो जन्मदिनमा आज तपाईलाई हामी उनको पहिलो ‘गर्ल फ्रेन्ड’ को कथा सुनाउँछौं, जससँग झन्डै झन्डै बिबाह भई नै सकेको थियो । तर कमैलाई थाहा छ कि सलमान खान एक सुन्दर महिलाको प्रेममा यति पागल थिए कि उनी सडकमा उभिएर घण्टौंसम्म उनको प्रतीक्षा गर्थे । उक्त सुन्दरीसँग विवाहको कुरा पनि पुष्टि भएको थियो । यदि सबै कुरा ठीक भएको भए सलमान खानको सम्बन्ध अशोक कुमारसँग जोडिन्थ्यो ।

 

तर, अर्की अभिनेत्रीको प्रवेशसँगै कथामा ट्विस्ट आयो ।

 

यो घटना सलमान खानको कलेज स्टोरीमा पनि समावेश छ । उनी आफ्नो कलेजकी छात्रा शाहिन जाफरीसँग गहिरो प्रेममा थिए । भनिन्छ, सलमान खानले शाहिन जाफरीसँग आफ्नै घरमा विवाह गर्ने इच्छा व्यक्त गरेका थिए र उनले अनुमोदन पनि पाएका थिए । सलमान खान शाहिन जाफरीलाई यति धेरै माया गर्थे कि उनी एक ठाउँमा उभिएर उनलाई भेट्न घण्टौं कुर्दथे। 

 

शाहिन जाफरी बलिउडका चर्चित स्टार अशोक कुमारकी छोरी हुन् । जब उनी १९ वर्षकी थिइन्, सलमान खानले उनलाई आफ्नो मुटु दिएका थिए । सलमान खान र शाहिन जाफरीको विवाह हुन्थ्यो तर एक अभिनेत्रीको प्रवेशले उनीहरुको जीवनमा ठूलो ट्विस्ट ल्यायो ।

 

यो अभिनेत्री संगीता बिजलानी थिइन्, जसले त्यतिबेला ब्यूटी क्राउन जितेकी थिइन् र सलमान खान र शाहिन जाफरी पनि त्यही जिममा जान्थे । भनिन्छ, सलमान खान र संगीता बिजलानीको निकटता बढ्न थाल्यो र उनले शाहीन जाफरीसँग ब्रेकअप भयो, बिबाहको स्टोरी नै समाप्त भयो ।
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope