‘भूठान’ छायांकनमा लागि हरिवंश आचार्य अमेरिकामा


काठमाडाैं, १२ पुस । अभिनेता हरिवंश आचार्य विनोद पौडेलको निर्देशन रहने ‘भूठान’ छायांकनका लागि अमेरिका पुगेका छन् । सांस्कृतिक कार्यक्रमका लागि बेलायत पुगेका आचार्य उतैबाट अमेरिका पुगेका हुन् ।

 

उनले सामाजिक सञ्जालमा निर्देशक पौडेलसहित निर्माण टिमका अन्य सदस्यसँगको तस्बिर राख्दै सुटिङका लागि अमेरिका पुगेको जानकारी गराएका हुन् । ‘ह्याप्पिएस्ट मेन इन दि वर्ल्ड’ अंग्रेजी शीर्षक रहेको सिनेमा हरिवंश आचार्यले अमेरिकामा पुुनर्वासमा गएका भुटानी शरणार्थीको भूमिका निर्वाह गर्नेछन् ।

 

चलचित्रको सुटिङ जनवरीको दोस्रो हप्ताबाट अमेरिकाको ओहायो राज्यमा सुरु हुनेछ । विनोद पौडेलकै लेखन रहेको चलचित्रमा दयाहाङ राई र जोयस पाण्डे पनि महत्वपूर्ण भूमिकामा रहनेछन् । यही चलचित्रको सुटिङका लागि दयाहाङ राई आउँदो माघ ६ गते अमेरिका प्रस्थान गर्नेछन् ।   


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope