वृहत शैक्षिक तथा सांस्कृतिक महोत्सव उद्घाटन गर्न प्रधानमन्त्री सर्लाही आउने


सर्लाही, ८ फागुन । सर्लाहीको बागमती नगरपालिकाले वृहत शैक्षिक तथा सांस्कृतिक महोत्सव आयोजना गर्ने भएको छ । सर्लाहीकोे पहिचान र बागमती नगरपालीकाको गौरवको रुपमा हुन लागेको शैक्षिक तथा सांस्कृतिक महोत्सवको उद्घाटनका लागि फागुन १२ गते उद्घाटन गर्न माओबादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सर्लाही आउने भएका छन् । 

 

नगरपालिकाले सामुदायिक विद्यालयहरुको शैक्षिक र भौतिक गुणस्तरमा उल्लेख्य सुधार गरेको बागमती नगरपालिकाले फागुन १२ गते शनिबार वृहत शैक्षिक तथा सांस्कृतिक महोत्सव आयोजना गरेको बागमती नगरपालिकाले जनायको छ ।  “शिक्षा, स्वास्थ्य, रोजगार, त्यसैकालागि पूर्वाधार” भन्ने मूल नारा सहित सामुदायिक विद्यालयहरुको रुपान्तरण अभियान अन्तर्गत बागमती नगरपालिकाले वृहत शैक्षिक तथा सांस्कृतिक महोत्सव आयोजना गर्ने भएको बागमती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरालाल पुरीले बताए ।

शैक्षिक गुणस्तर वृद्धिसँगै अतिरिक्त क्रियाकलापमा विद्यार्थी र शिक्षकलाई क्रियाशील बनाउन नगरपालिकाले शैक्षिक महोत्सव आयोजना गरियको बागमती नगरपालिका नगर प्रमुख भरत थापाले बताए । उनका अनुसार समुदाय र अभिभावकको अपनत्वमा सामुदायिक विद्यालय रुपान्तरण गर्ने ऐतिहासिक आन्दोलन हुने र नेपालमै पहिलो पटक सामुदायिक विद्यालयका तीन हजार भन्दा बढी विद्यार्थीहरुको सहभागितामा एकै पटक सामुहिक नृत्य प्रस्तुत समेत गर्ने तयारी भएको बागमती नगरपालिकाको शिक्षा शाखाका ओम कार्कीले जानकारी दिए । 

 

एक दिन हुने शैक्षिक महोत्सवमा विद्यार्थीहरूको शैक्षिक प्रदर्शनी शिक्षक, अभिभावक, विद्यार्थीबाट छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरिने छ । बागमती नगरपालिकाले नगरभित्रका  समुदायलाई सामुदायिक विद्यालयसँग जोड्ने प्रयास  स्वरूप १० हजार अभिभावकको आ–आफ्नो सांस्कृतिक झल्किने भेषभुषामा झाँकी सहितको प्रस्तुति रहनेछ । हरेक विद्यालय,टोल र वडाबाट आ-आफ्नो सांस्कृतिक पहिचानको पोशाक तथा नाचगानसँगै हामी सुधार गछौं, हाम्रो विद्यालय“ जस्ता नारा सहित अभिभावक उपस्थित रहने बागमती नगरपालिकाको शिक्षा शाखा मीनप्रसाद उपाध्यायले बताए  । 

विभिन्न राष्ट्रिय कलाकारहरुको प्रस्तुति समेत रहने भएकाले वृहत शैक्षिक तथा सांस्कृतिक महोत्सवमा उपस्थित हुन पनि नगरपालिकाको शिक्षा शाखाले अनुरोध गरेको छ । वृहत शैक्षिक तथा सांस्कृतिक महोत्सव आयोजना गर्ने  करिब २५ लाख  खर्चलाग्ने अनुमान गरिएको बागमती नगरपालिकाले जनाएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope