पालिका स्तरीय खोप समन्वय समितिको अभिमुखीकरण कार्यक्रम


मोरङ, २७ फागुन । दादुरा रुबेला खोप अभियान २०८० अभियान संचालन तथा व्यवस्थापन र नियमित खोप सुदृढीकरण तथा पूर्णखोप सुनिश्चितता सम्वन्धि पालिका स्तरीय खोप समन्वय समितिहरुको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । 

शनिबार पथरी शनिश्चरे नगरपालिकाको आयोजना भएको सो कार्यक्रमको अध्यक्षता नगर प्रमुख मोहन प्रसाद तुम्वापोले गर्नुभएको थियो । नगरका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले सञ्चालन गर्नुभएको सो कार्यक्रममा जगत बहादुर मगरले कार्यक्रमको उद्देश्य बारे प्रष्ट्याउनु हुँदै स्वागत मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालय विराटनगरका भरत भण्डारीले आफ्ना उत्कृष्ट प्रस्तुतिकरण राख्नुभएको थियो । यही फागुन २९ गतेदेखि चैत ७ गतेसम्म पथरी शनिश्चरे नगरपालिकाका सबै वडाहरूमा ९ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकाहरुका लागि दादुरा–रुवेला खोप अभियान संचालन हुँदैछ ।

कार्यक्रममा वडा अध्यक्षहरू भीम कुमार राई, विजय लिम्बु, लोककिरण न्यौपाने, उद्धवराज बस्नेत, जीवन खतिवडा, कार्यपालिका सदस्यहरु, नगरका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, संचारकर्मी र स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope