मौलापुर दलित बस्तीमा आगलागी, ३ गोठ जलेर लाखौंको क्षति


न्युज कारखाना 
रौतहट २८ चैत।
रौतहटको मौलापुर नगरपालिका -२ मर्यादपुर एकीकृत दलित वस्तीमा गएराती भएको आगलागी बाट तीनवटा घरगोठ जलेर नष्ट हुनुका साथै चार चौपायाको मृत्यु भएको छ।

आगलागीबाट ब्रम्हदेव महरा चमार ,जगदेव महरा चमार ,रामचन्द्र महरा चमारको फुसको घर गोठ जलेर नष्ट भएको छ। , घर गोठभित्र रहेका गैस सिलिन्डर, खदान्न समाग्री , लत्ताकपडा पुर्ण रूपमा जलेर नष्ट हुनुका साथै ४ वटा बाख्राको मूल्य भएको ईलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख इन्स्पेक्टर कुशल बर्तौलाले बताएका छन। आगलागी बाट पाँचलाख,४५ हजार रुपैयाँ बराबरको क्षती भएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छिन। आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

गर्मी संगै हावाहुरी चल्न सुरुभएपछि रौतहटमा दैनिकजसो आगलागीको घटना भईरहेको छ। जिल्लाको १८ स्थानियतह मध्ये गौर नगरपालिका र चन्द्रपुर नगरपालिकामा मात्र बारुण यन्त्र दमकल रहेकाले आगलागीको घटना हुँदा तुरुन्तै नियन्त्रणमा समस्या हुनेगरेको जानकारहरुले बताउँदै आएका छन।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope