सेभेन सिज इन्टरटेनमेन्टको ‘प्रोजेक्ट सारङ्गी’


काठमाडौं । नेपाली फिल्मको अन्तर्राष्ट्रिय वितरणमा सक्रिय रहँदै आएको सेभेन सिज इन्टरटेनमेन्टले अब फिल्म निर्माणमा अगाडि आउने भएको छ ।

सेभेन सिज सिनेमाज् को प्रस्तुतिमा बन्न लागेको फिल्मको नाम ‘प्रोजेक्ट सारङ्गी’ राखिएको छ । सेभेन सिज इन्टरटेनमेन्ट टिमले अब भने पूर्ण लगानी गर्दै दर्शकमाझ नयाँ फिल्म लिएर आउने तयारीमा छन् । निर्माण टिमले सार्वजनिक गरेको पोस्टरमा मौलिक कथा र कलात्मक प्रस्तुति रहने र सम्पूर्ण जानकारी वैशाख ७ गते गराउने तयारी गरिएको बुझ्न सकिन्छ ।

विदेशमा नेपाली फिल्मको वितरण गर्दै आएको कम्पनी सेभेन सिजले यस अघि फिल्म ‘अगस्त्य’मा पनि लगानी गरेको थियो ।

विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहने यो फिल्मलाई सरोज पौडेलले लेखन तथा निर्देशन गर्दै छन् । फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद, प्रशान्त सिवाकोटीको संगीत रहनेछ । फिल्मलाई आउँदो वर्ष मात्र रिलिज गरिने उल्लेख गरिएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope