मधेस प्रदेशका वनमन्त्री कुर्मीले दिए राजीनामा
वीरगंज । मधेस प्रदेश सरकारबाट लोकतान्त्रिक समाजवादी पार्टी बाहिरिएको छ । आज बसेको लोसपा संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत नदिने निर्णय गरेको छ । सोही निर्णयअनुसार यसअघि पार्टीबाट वन तथा वातावरणमन्त्री रहेका रमेशप्रसाद कुर्मीले राजीनामा दिइसकेका छन् ।
प्रदेश सभामा लोसपाका ९ जना सांसद छन् । मुख्यमन्त्री यादवले विश्वासको मत लिनको लागि आज प्रदेश सभाको बैठक बोलाइएको छ । दिउँसो १ बजे बोलाइएको बैठक एक घण्टा ढिला गरी सुरू भएको थियो । तर, जनमत पार्टीको विरोध पछि बैठक केही समयको लागि स्थगित गरिएको थियो । तर १० मिनेटका लागि बैठक स्थगित गरिए पनि हालसम्म बैठक सुचारु हुन सकेको छैन।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस