सलमान खानको घर अगाडी गोली चलाउने दुई जना पक्राउ


काठमाडौँ । बलिवुड अभिनेता सलमान खानको घर बाहिर गोली चलाउने दुई अभियुक्त पक्राउ परेका छन् । मुम्बई क्राइम ब्रान्चको टोलीले दुवै आरोपीलाई गुजरातको भुजबाट पक्राउ गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

अप्रिल १४ मा बिहान ५ बजे बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट अगाडि गोली चलाइएको थियो । मोटरसाइकलमा आएका दुईजना आक्रमणकारीले ४ राउण्ड फायर गरेका थिए । गोली चलाउँदा सलमान आफ्नै घरमा थिए ।

घटनापछि सलमानको घरबाहिर सुरक्षा बढाइएको थियो । खानलाई लरेन्स–गोल्डी ब्रार गिरोहबाट ज्यान मार्ने धम्की आएको थियो ।

मुम्बई प्रहरीका अनुसार गोली चलाइएको बन्दुक ७.६ बोरको थियो । फोरेन्सिक विज्ञहरूले घटनास्थलबाट गोली तथा आरोपीको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।

यस घटनाको जिम्मेवारी लरेन्स समूहले लिएको थियो । यो समुहले सलमानलाई यस अघि पनि पटक पटक धम्कि दिदै आएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope