मुन्नाभाईको तेस्रो सिरिज बन्ने


काठमाडौँ । बलिवुडका सुपरस्टार संजय दत्तको चर्चित फिल्म मुन्नाभाईको तेस्रो सिरिज बन्ने भएको छ ।

फिल्मका निर्माता विदु विनोद चोपडाले हालै आफ्नो एक अन्तर्वार्तामा मुन्नाभाई- ३ को स्क्रिप्ट लेखनको काम जारी रहेको निश्चित रुपमा फिल्म बन्ने बताएका छन् ।

उनले भनेका छन्- 'मुन्नाभाई–३ को लेखन कार्य जारी छ । यो फिल्म शतप्रतिशत बन्ने विश्वास लिएको छु । यो चलचित्र मार्फत हामीले जनतालाई सही सन्देश पनि दिनेछौँ । आज पनि मानिसहरुले त्यो जादुई अंगालो बिर्सन सकेका छैनन् । यसपटक पनि केही नयाँ ल्याउने छौँ ।'

हालै फिल्म १२ फेल बनाएर चर्चामा आएका चोपडाले बनाएको मुन्नाभाई एमबिबिएसको पहिलो सिरिज २००३ मा रिलिज भएको थियो । त्यसपछि दोस्रो सिरिज लगे रहो मुन्नाभाई २००६ मा रिलिज भएको थियो । यस फिल्मका दुवै सिरिज बक्सअफिसमा सुपरहिट भएका थिए । मुन्नाभाईका दुवै सिरिजलाई राजकुमार हिरानीले निर्देशन गरेका थिए ।
   


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope