प्रथम दक्षिण एसियाली कुराँश च्याम्पिन्सिपमा ६ खेलाडी सहभागी हुदै


काठमाडौँ । प्रथम दक्षिण एसियाली कुराँश च्याम्पिन्सिपमा  ६ खेलाडी सहभागी हुने भएका छन् ।   

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले अप्रिल १९ देखि २१ तारिखसम्म मित्रराष्ट्र भारतको केरलामा हुन गइरहेको प्रथम दक्षिण एसियाली कुराँश च्याम्पिन्सिपमा सहभागी हुने ६ खेलाडीसहित ८ सदस्यीय नेपाली टोलीलाई बिदाइ गरेका छन् ।

प्रतियोगितामा सिनियर पुरुष ८१ केजीमुनि योगेनद्र विष्ट, ७३ केजीमुनि पुजन श्रेष्ठ र ६० केजीमुनि अर्जुन क्षेत्री तथा महिलाको सिनियर ८७ केजीमाथि दीपिका अछाजु तथा जुनियरको ६३ केजीमुनि परी घर्ती क्षेत्री र ४४ केजीमुनि दीक्षा मगर सहभागी हुदै छन् । त्यस्तै प्रशिक्षक निर्णायक प्रवीणकाजी श्रेष्ठ तथा व्यवस्थापक ग्याल्जेन शेर्पा रहेका छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope