भाइरल भयो जेम्स बन्ड सिरिजको फिल्मको नक्कली ट्रेलर


काठमाडौँ । एआईका अचम्मका चमत्कारहरू फिल्मी संसारमा हरेक दिन देख्न सकिन्छ। एआईले बनाएको जेम्स बन्ड सिरिजको फिल्मको नक्कली ट्रेलर अहिले भाइरल भइरहेको छ ।

यस ट्रेलरमा हेनरी क्याभिललाई जेम्स बोन्डको भूमिकामा देखाइएको छ । जबकि, मार्गोट रोबी बन्ड गर्लको रूपमा देखाइएको छ । चाखलाग्दो कुरा के छ भने फेक ट्रेलर भए पनि यसलाई २५ लाखभन्दा बढी भ्युज प्राप्त भएको छ । यो ट्रेलर पछि, मानिसहरूले जेम्स बोन्डको भूमिका हेनरी क्याभिलले निभाउने इच्छा व्यक्त गरिरहेका छन् ।

जेम्स बन्ड सिरिजको फिल्ममा क्याभिलको नाम जोडिएको यो पहिलो पटक भने होइन । हेनरीले फिल्म ‘क्यासिनो रोयल’ का लागि बन्डको भूमिकाका लागि अडिसन दिएका थिए तर उनी त्यो भूमिका पाउन असफल भएका थिए । अभिनेता डेनियल क्रेगले यो भूमिका निभाएका थिए । यो फिल्मका निर्देशक मार्टिन क्याम्पबेलले गत वर्ष एक अन्तर्वार्तामा हेनरी क्याभिलको जेम्स बन्ड अडिसनमा निकै रमाइलो भएको बताएका थिए । उनले हेनरी अडिसनमा निकै राम्रो भएको बताए । उनको अभिनय गजबको थियो ।

हालै, 'द रिच आइसेन शो' मा कुराकानीको क्रममा, क्याभिलले जेम्स बन्डको भूमिकाको लागि आफ्नो कास्टिङको बारेमा कुरा गर्दै अहिलेसम्म आफूसँग त्यस बारे कुनै नयाँ अपडेट नभएको बताएका थिए । 

नक्कली ट्रेलरको लिंक- https://www.youtube.com/watch?v=gcIv4hGDZeE


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope