राष्ट्रिय महिला लिग फुटबलः चन्द्रपुर नगरपालिकाको पहिलो जित, चाैदण्डीगढी ७–१ ले पराजित


काठमाडाैं, माघ १२ । चन्द्रपुर नगरपालिका रौतहटले चौदण्डीगढी नगरपालिका उदयपुरमाथि सोमबार ७–१ को जित निकाल्दा राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा पहिलो जित निकालेको छ ।

ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालको मैदानमा चौदण्डीगढीले लिएको सूरुआती अग्रतालाई उल्टाउँदै चन्द्रपुर नगरपालिकामाथि फराकिलो जित निकालेको हो । चौदण्डीगढीका लागि २३औं मिनेटमा अञ्जना थुलुङले गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् । त्यसपछि रक्षात्मक देखिएको चौदण्डगढीविरुद्ध चन्द्रपुरले आक्रामक खेल खेल्यो । पहिलो हाफको इन्जुरी समयमा दिल कुमारी रानाले गोल गर्दै खेल बराबरीको अवस्थामा ल्याउन सफल भइन् ।

एक–एक गोलको बराबरीमा सकिएको पहिलो हाफपछि दोस्रो हाफमा चन्द्रपुरले आक्रामक रणनीति अपनाउँदै मैदान उत्रियो । ४७औं मिनेटमा रजनि थोकरले गोल गर्दै चन्द्रपुरलाई अग्रता दिलाइन् । त्यसपछि लयमा देखिएको चन्द्रपुरका लागि लगातार तीन गोल गर्दै ह्याट्रिक गरिन् । सविता राना मगरले ५१ औं, ६९औं र ७८औं मिनेटमा गोल गरेकी थिइन् । त्यसपछि एक तर्फी जस्तो देखिएको खेल सकिन पाँच मिनेट बाँकी रहँदा सुनिता भोलानले गोल खेल ६–१ अवस्थामा पुगेको थियो । इन्जुरी समयमा दिल कुमारी राना मगरले व्यक्तिगत दोस्रो गोल थप्दै चन्द्रपुरकोफराकिलो जित निश्चित गरिन् ।

पहिलो खेल गुमाएका दुबै टोली सोमबार जितको खोजीमा मैदान उत्रिएका थिए । यस अघि भएको खेलमा चन्द्रपुरले एपिएफलाई ६–० को फराकिलो नतिजा सुम्पिएको थियो भने चौदण्डगढी पुलिससँग समान ६–० ले नै पराजित भएको थियो ।

जितसँगै तीन अंक जोडेको चन्द्रपुर लिगको चौथो स्थानमा उक्लिएको छ । चौदण्डीगढीले भने अहिलेसम्म अंक जोड्न सकेको छैन । ६ अंकका साथ एपीएफ शीर्ष स्थानमा छ भने समान चार अंक जोडेका त्रिभुवन आर्मी र नेपाल पुलिस क्बल दोस्रो र तेस्रो स्थानमा अटाएका छन् ।

प्रतियोगितामा मंगलबार विभागीय टोली नेपाल पुलिस क्लब र वालिङ नगरपालिका बीच दिनको पहिलो खेल हुँदा दिनको दोस्रो खेल त्रिभुवन आर्मी क्लब र एपिएफ क्लबबीच हुनेछ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope