गोलबजार मेयर गोल्डकप : गुरुधाम फुटबल क्लब र बागमती युवा क्लबबीच प्रतिस्पर्धा हुने 


मुकेशकुमार यादव 
सिरहा, १० वैशाख। सिरहाको गोलबजार नगरपालिकाको आयोजनामा सुरु भएको ‘छैटौं मेयर गोल्डकप’मा आइतबार गुरुधाम फुटबल क्लव र बागमती युवा क्लबबीच प्रतिस्पर्धा हुने  भएको छ । शनिबारबाट सुरु भएको प्रतियोगितामा आइतबार गुरुधाम फुटबल क्लब र बागमती युवा क्लबबीच प्रतिस्पर्धा हुने भएको हो । 

यसअघि शनिबार भएको उद्घाटनसत्रको खेलबाट मकवानपुर ११ हेटौंडाले विजयी सुरुवात गरेको छ । गोलबजार नगरपालिका–२ गुरुधामस्थित एकीकृत खेलग्राममा सुरु पहिलो दिन मकवानपुर ११ हेटौंडाले गाइघाट फुटबल ब्लब उदयपुरलाई शून्यविरुद्ध एक गोलले पराजित गरेको हो । दोस्रो हाफको ६१ औं मिनटमा मकवानपुर ११ आयुष लामाले गरेको गोल नै निर्णयाक बन्यो । 

 

उद्घटानसत्रलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य लिलानाथ श्रेष्ठले वर्षमा एकपटक गोल्ड कप गरेर खेलको विकास नहुने बताए । खेलको विकास र रक्षाको लागि खेल र खेलाडीहरुलाई निरन्तर अभ्यासको जरुरी रहेको बताउँदै उनले त्यसका लागि नगरपालिकाले पहलकदमी लिनुपर्नेमा जोड दिए।

 

मेयर गोल्डकपको लागि गोलबजार नगरपालिकाले २३ लाख रकम विनयोजन गरेको छ। गोल्ड कपमा प्रथम हुने टिमलाई दुई लाख ५१ हजार र दोस्रो हुने टिमलाइ १ लाख ५१ हजार रुपैया नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र बितरण गरिने आयोजकले जनाएको छ। 

मेयर गोल्ड कपमा देशभरका १० वटा टिम सहभागी रहेका छन् । मेयर गोल्ड कपको फाईनल खेल १८ गते हुने आयोजकले जनाएको छ ।  
 

 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope