कलह (लघुकथा)


वर्णले भन्यो— म सबैभन्दा ठूलो हुँ । मुलुकैपिच्छे मेरो रुप र आकार फरक फरक छ तर मेरो भेद मूलतः तीन प्रकारको छ चाहे नेपालमा होस् वा अमेरिकामा । पूर्वीय दर्शनमा त्यसै ‘अहम् ब्रह्मस्मी’ भनिएको छैन । म नै मूल हुँ ।

प्रतिवादमा अक्षर बोल्यो— वर्णहरूको संयोजनबाट बन्ने भएकाले वर्णभन्दा मेरो बढी अर्थ छ । संसारभर म दुई प्रकारको मात्र हुन्छु । मबाट नै अनुशासन सुरु हुन्छ । म नै सबै कुराको मियो हुँ ।

शब्दले शालीनता प्रकट गर्यो— अक्षरहरूको पगरीबाट बन्ने हुनाले मेरो बढी तागत र विशिष्ट स्थान छ । म हजारौँ प्रकारको छु । चिन्तक हाइदेगरले वस्तुको उपस्थिति शब्दले निर्माण गर्ने सत्य त्यत्तिकै बताएका हैनन् । शब्दभन्दा ठूलो केही हुनै सक्दैन ।

अध्यायले अथ्र्यायो— मेरो पहिचान अरुभन्दा अलग छ । हुन त म आकार प्रकारमा विभक्त छु तर अनुच्छेदलाई अर्थपूर्ण बनाउने काम मैले नै गरेको छु । अनुच्छेदको महत्ता मेरो सापेक्षमा मात्र हुन्छ । म महान् छु ।

वाक्य बोल्यो— शब्द मात्रले कुनै कुराको पनि अर्थपूर्ण अस्तित्व हँुदैन । वाक्यको सौन्दर्य प्रकट गर्न वर्ण, अक्षर र शब्दको केही पिताम चल्दैन । पूर्ण संवादको लागि हाम्रो प्रधान भूमिका छ, हाम्रो परिचय पृथक् छ ।

अनुच्छेदले अपेक्षित तर्क राख्यो— वाक्यहरूका विभिन्न प्रकारबाट नै म बन्ने भएकाले म समुच्च रूप हुँ । वाक्यको इन्द्रेणीलाई सिँगार्ने काम मैले गरेको छु । लामो, छोटो, सानो, ठूलो, सबल, दुर्बल जे भए पनि मेरो आफ्नै परिचय र विशेषता छ । म ठूलो हुँ ।

अध्यायले अथ्र्यायो— मेरो पहिचान अरुभन्दा अलग छ । हुन त म आकार प्रकारमा विभक्त छु तर अनुच्छेदलाई अर्थपूर्ण बनाउने काम मैले नै गरेको छु । अनुच्छेदको महत्ता मेरो सापेक्षमा मात्र हुन्छ । म महान् छु ।

बोल्ने पालो पुस्तकको थियो तर ऊ बोलेन । तर्कशील बन्दै गएका उनीहरू आरोप प्रत्यारोप र दोषारोपणले एकअर्कालाई खुइल्याउनेमा मात्र सिमित भएनन् दागा धर्ने र हात हालाहालको तहसम्म झरे । उनीहरूको अन्तर संघर्षको असह्य कर्कश ध्वनीले म ब्यूझिएँ । बिहानको ५ः४५ भएको रहेछ । देखेँ— बिस्तारै वर्ण व्यक्तिमा, अक्षर परिवारमा, शब्द जातिमा, वाक्य समाजमा, अनुच्छेद राष्ट्रमा र अध्याय क्षेत्रीय संगठनमा अनूदित भइरहेका थिए ।

(अनुसिर्जना, सम्पादन र अध्यापनमा सक्रिय मुक्तिनाथ घिमिरे मूलतः समीक्षक र लघुकथाकार हुन् । उनको प्रयोगधर्मी लघुकथा सङ्ग्रह ‘२१६६’ प्रकाशित छ ।)

यो पनि पढ्नुहोस्

नेपाल आमा भन्छिन् (शनिबासरीय विशेष कविता)

गिनिज रेकर्डमा नभएको त्यो नाम (संस्मरण)

अचम्मका ती अन्तर्वार्ता (संस्मरण)

फलाँस


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope